|


संखुवासभा : संखुवासभा समाज कतारले ​संखुवासभामा बाढी पहिरोमा मृत्यु तथा बेपत्ता भएका ५ घरपरिवारलाई आर्थिक सहयोग गरेको छ। गत असार २ गते राति आएको बाढीमा २२ जना मजदुर बेपत्ता भएका थिए।

संखुवासभा समाज कतारले कार्यक्रमबीच बाढीमा मृत्यु तथा बेपत्ता भएका ५ परिवारलाई नगद २ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरेको संखुवासभा समाज कतारका सचिव अशोक न्यौपानेले जानकारी दिए। बाढीमा बेपत्ता तथा मृत्यु भएका पाँचखपनका दीपक मगर, सन्तोष राई, सुहाङ राई, भुवानसिंह तामाङ र चैनपुर नगरपालिका–४ का ज्ञानबहादुर लिम्बुका आफन्तलाई प्रतिपरिवार ४३ हजार रुपैयाँका दरले वितरण गरिएको संखुवासभा समाज कतारका सचिव न्यौपानेले बताए।

बाढीमा परेर अझै १८ जना बेपत्ता छन्। चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ हेवाखोलामा गएको बाढी पहिरोका कारण बाढी पहिरोबाट १९ घरपरिवार विस्थापित भएका थिए।

बाढीपहिरोका कारण जिल्लाका ८ वटा हाइड्रोपावरमा क्षति पुगेको छ। बाढीले दुईवटा पक्की पुल बगाएको छ। बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.