|

काठमाडौं : सडक बालबालिकालाई संरक्षण गरी शिक्षा प्रदान गर्दै आएको गैरसरकारी संस्था बाल सारथि विद्यालयका बालबालिकाहरूलाई खाद्यान्न र कपडा वितरण गरिएको छ।

गुह्‍येश्वरीमा रहेको विद्यालयमा पुगेर शुक्रबार सैनिक श्रीमती संघले ७० बालबालिकाहरूलाई खाद्यान्न र कपडा वितरण गरेको हो।

संस्थाले बाल सारथि एकेडेमीमार्फत पशुपति क्षेत्र आसपास रहेका सडक बालबालिकालाई खाना खाने र पढाउने गर्दै आएको छ। अहिले एकेडेमीमा झण्डै एक सय बालबालिका पढिरहेको एकेडेमीकी अध्यक्ष माला खरेलले जानकारी दिइन्।

बाल सारथि संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीले सहयोगी हातहरूलाई धन्यवाद दिइन्। साथै उनले आगामी दिनहरूमा पनि सहयोगी हातहरूको निरन्तर साथ रहिरहनेमा आफू विश्वस्त रहेको बताइन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.