छपेलीदेखि बगुवासम्म ठाउँ–ठाउँमा पहिरो

|

ललितपुर : लगातारको झरीका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध भएको छ।

हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो मार्गका रुपमा रहेको कान्ति लोकपथ ललितपुर र मकवानपुरमा गएको पहिरोका कारण दुवैतर्फ अवरुद्ध बनेका हुन् । 

ललितपुरको बागमती गाउँपालिका अन्तरगतको छपेलीदेखि बगुवासम्मको सडकमा ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ।

विशेषगरी पाङ्दुरगैरामा ढुङ्गासहितको पहिरो खस्दा सडक अबरुद्ध बनेको भट्टेडाँडाका वरिष्ठ प्रहरी सहायक निरिक्षक माधव सिल्वालले जानकारी दिएका छन्। त्यहाँ सडकमा थुप्रिएको माटो, ढुङ्गा र गेग्रिनले अबरोध सिर्जना भएको उनले बताए।  

‘पानी परिरहेको र सडकमाथिबाट ढुङ्गाहरु ख्सिरहेकाले पन्छाउनमा कठिनाइ भइरहेको छ ’, उनले भने, ‘ यस्तै तरिकाले पहिरो खसीरहेको खण्डमा र ठूलो ढुङ्गा खसेमा हामीहरुसँग उपलब्ध सानो जेसिबी , लोडरले मात्र पुग्दैन, स्काभेटर नै चाहिनसक्छ। ’  

पहिरोका कारण सडक अबरुद्ध हुँदा हेटौँडा जान गुडेका केही गाडी छपेलीबाटै फर्काइएको उनले बताए। यसअघि गएराति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा  पहिरो खसी बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.