|

जनकपुरधाम : मधेश प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता संजयकुमार यादवले मधेश प्रदेशमा लेखापरीक्षण गर्न आउने कर्मचारीहरुले दोहोरो मानसिकताका साथ लेखापरीक्षण गर्ने गरेको बताएका छन्।

मधेश प्रदेशको धनुषा, महोत्तरी जिल्ला स्थित प्रदेश सरकार मातहातका मन्त्रालय सचिवालय

आयोग, प्रतिष्ठान,विभाग,निर्देशनालय,कार्यालयका कार्यालय प्रमुख तथा लेखाप्रमुखहरुलाई नाम्समा आधारित लेखापरीक्षण, सम्परीक्षण तथा वित्तीय अनुशासनसम्बन्धी बिहीबार जनकपुरधाममा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो कुरा बताएका हुन्।

मन्त्री यादवले मधेश प्रदेशमा लेखापरीक्षण गर्न आउने लेखापरीक्षकका कर्मचारी दोहोरो मानसिकता बोकेर आउने गरेको भन्दैँ लेखापरीक्षणका कार्यालयलाई ध्यानाकर्षण गराएका हुन्।

उनले एउटै शीर्षकलाई फरक–फरक प्रदेश फरक तरिकाले कानुनी व्याख्या गर्ने पाइएको बताए। एउटै शीर्षकमा अलग प्रदेशमा अलग कुरा तर मधेश प्रदेशमा आउँदा बेरुजु ठहर गर्ने गरेको भन्दै महालेखापरीक्षकको कार्यालयलाई तत्कालै यसलाई सुधार गर्न आग्रहसमेत गरेका हुन्।

मन्त्री यादवले संघीयता संस्थागत भइसकेको हुँदा यस्ता किसिमको अपव्याख्याले लेखापरीक्षकको प्रतिवदेनमा माथिसमेत प्रश्न उठ्ने र विश्वनीयतासमेत घट्ने बताए।

साथै, मन्त्री यादवले यस किसिमको अभिमुखिकरण तालिमले मधेशमा वित्तिय अनुशासन कायम गर्न समेत सहयोग पुग्ने बताएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.