|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको जिम्मेवारी समालेको १०० दिन पुगेको अवसरमा शुक्रबार विशेष समारोह गर्दै छन्।  

मन्त्रालयको जिम्मेवारी समालेको दिनदेखि नै काममाभन्दा पनि बढी प्रचारमा रमाउने प्रवृत्तिमा रहेका स्वास्थ्य मन्त्री बस्नेतले शुक्रबार दिउँसो  २ बजे राष्ट्रियसभा गृहमा आयोजना हुने सो कार्यक्रमका प्रमुख अतिथि बनेर आउनेमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्।

मन्त्री बस्नेतले सय दिनको उपलब्धि सुनाउन प्रधानमन्त्री बोलाउने कार्यक्रमा आजबाट स्वास्थ्य सेवातर्फ अर्को दिवस थपिदिएका छन्। ‘सेतो कोट दिवस'। 

अचम्मको कुरा के छ भने ‘सेतो कोट दिवस’ दिवसको सुरुवात गरेसँगै आफ्नो सय दिनको उपलब्धि सुनाउनको लागि मन्त्री बस्नेतले सम्पूर्ण कर्मचारीलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिएका छन्

त्यस्तै, मन्त्रालय अनतर्गतका अस्पताल तथा विभागका स्वास्थ्यकर्मीहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्दा लगाउने सेतो कोट (एप्रोन) नै लगाएर कार्यक्रम स्थलमा उपस्थित हुन निर्देशन दिएका छन्। 

मन्त्रालयले आफू मातहतका विभाग तथा अस्पतालहरुलाई गरेको परिपत्रमा भनिएको छ 'तथा जनसंख्या मन्त्री माननीय मोहनबहादुर बस्नेतज्यूको पदभार ग्रहण गरेको एक सय दिन पुगेको उपलक्ष्यमा तपसिल बमोजिमको मिति, समय र स्थानमा आयोजना हुने कार्यक्रममा तहाँ अन्तर्गतका सबै कर्मचारीहरुलाई (अस्पतालको हकमा नियमित स्वास्थ्य सेवा प्रभावित नहुने गरि ) अनिवार्य उपस्थितिका लागि नेपाल सरकार (सचिवस्तर) मिति २०८०/०४/१८ को निर्णयानुसार अनुरोध छ।"

यता मन्त्रालयको यही पत्रको आधारमा वीर अस्पतालले अस्पतालका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेतो कोट सहित दिउँसो राष्ट्रिय सभागृहमा उपस्थित हुन अनिवार्य निर्देशन दिएको छ। 
वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अस्पतालमा सबै विभागका स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदै भनेका छन ' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प.सं. २०८०/८१, च.नं. ५१ मिति २०८०/०४/१९ को पत्रानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री मोहन बहादुर बस्नेतज्यूको पदभार ग्रहण गरेको एक सय दिन पुगेको उपलक्ष्यमा तपशिलको मिति, समय र स्थानमा आयोजना हुने कार्यक्रममा सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन भएकोले यस अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सेवा प्रवाहमा असर नपर्ने गरी चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई एप्रोन लगाएर तथा अन्य कर्मचारीहरुलाई सरकारी पोशाकमा अनिवार्य उपस्थित भई कार्यक्रमको गरिमा बढाइ कार्यक्रम सफल बनाउनुहुन अनुरोध छ।'

संघिय मन्त्रालय अन्तर्गको स्वास्थ्य मन्त्रालय बर्षमा धेरै दिवस बनाउने मन्त्रालयको रुपमा चिनिन्छ। रोग विशेष दिवस मात्रै नभएर हरेक स्वास्थ्यकर्मी निकट संस्थाका आ–आफ्ना दिवस छन् । अन्यखालका दिवस स्वास्थ्य मन्त्रालयले प्राय दिवस मनाइरहेको हुन। तर क्त परिपत्रमा सेतो कोट दिवस मनाउन लागिएको घोषणा समेत गरिएको छ ।  सरकार आफैंले पनि फागुन १५ मा स्वास्थ्य सेवा दिवस मनाउदै आएको छ । तर, ती दिवसहरुलाई व्यवस्थित गर्न लाग्नु साटो अर्को दिवस थपेर मन्त्री बस्नेत मन्त्रालयले मनाउने दिवसहरुकै खिल्ली उडाएका छन। 

स्वास्थ्य मन्त्रालयका पूर्व कर्मचारी डा झलक गौतमले स्वास्थ्य मन्त्री बस्नेतले  बिश्वास र ब्यबसायीकता सित जोडिएको सेतो कोट प्रदर्शनीको बस्तु नभएको हुँदा लोकप्रिय हुने नाममा स्वास्थ्यकर्मीहरुलाइ सेतो कोट लगाएर राष्ट्रिय सभागृहमा अनिवार्य रुपमा उपस्थित हुन उर्दी जारी गर्नु अनैतिक कार्य भएको बताएका छन। उनले भनेका छन' स्वास्थ्यकर्मीहरुलाइ सेतो कोट लगाएर राष्ट्रिय सभागृहमा अनिवार्य रुपमा उपस्थित हुन उर्दी जारी गर्नु अनैतिक कार्य हो। बिश्वास र ब्यबसायीकता सित जोडिएको सेतो कोट प्रदर्शनीको बस्तु होइन ,अनावश्यक स्थान र समयमा प्रदर्शन गर्नु पहिरनको दुरुपयोग हो' उनले सामाजिक सन्जालमा भनेका छन। 

यस्तै मन्त्रालयमा पूर्व प्रवक्ता डा जागेश्वर गौतमले डाक्टरले एप्रोन लगाएर राष्ट्रिय सभागृह जानु भनेको अनइथिकल कार्य भएको हुँदा सेतो कोट लगाएर स्वास्थ्यकर्मीलाई सभागृहमा आउन लगाउने मन्त्रालयको निर्णय तुरुन्त फिर्ता गर्नु पर्ने बताएका छन। डा गौतमले भनेका छन ' डाक्टरले एप्रोन लगाएर राष्ट्रिय सभागृह जानु भनेको अनइथिकल कुरा हो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसमा बाध्य पार्नु हुदैन, नेपाल चिकित्सक सङ्घ त चुप लागिहाल्छ किन कि मन्त्री काङ्ग्रेसी छन, नेपाल मेडिकल काउन्सिलले के भन्ला हेर्नू छ,राष्ट्रिय चिकित्सक सङ्घ, नेपाल भने यसको घोर भत्सर्ना गर्दै मन्त्रालयले यो निर्णय तुरुन्त फिर्ता लिन आग्रह गर्दछ।'

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.