|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी नामको विरुद्धमा आन्दोलनरत पक्षको जायज मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

विराटनगर स्थित मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशको नामकरण प्रदेशवासीकै लागि रहेको बताउँदै प्रदेशको नाममा प्रदेशवासीको अपनत्व/स्वामित्व रहनुपर्छ भन्ने कुरामा कुनै दुईमत  नरहेको बताए।

नामकरणप्रति उत्पन्न प्रतिक्रिया, असन्तुष्टि र विरोधलाई वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य रहेको समेत  बताए।

प्रदेश सरकार यस विषयमा दृढ र प्रष्ट रहेको बताउँदै उनले प्रदेशसभामा रहेका प्रमुख प्रतिपक्षी दल लगायत सबै राजनीतिक दलहरूबीच आपसी सहमति कायम गर्दै प्रदेशको नाममा उठेका सबै प्रश्नहरू लगायतका समस्या समाधान गर्ने सरकारको तर्फबाट प्रतिवद्धता जनाए।

 आन्दोलनकारी पक्षले उठाएका जायज माग र मुद्दाहरूलाई सम्बोधन गर्न प्रदेश सरकार तत्पर रहेको जानकारी गराउँदै उनले भने, ‘यस कार्यमा आवश्यक सहयोगका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दलहरू, सङ्घर्षरत पक्षहरू र आम प्रदेशवासीमा हार्दिक अनुरोध गर्दछौं।‘

प्रदेशसभा बैठक भदौ २ गते बस्नेसमेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.