|

काठमाडौँ : इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा  शनिबार  ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को उपाधि क्रमश सिक्किमका प्रीतम राई र थाइल्याण्डकी खुसी कार्कीले जितेका छन् । 
उपाधि जितेसँगै दुबैजनाले नगद रु एक/एक करोड प्राप्त गरेका छन्। आज राती सम्पन्न ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए।

यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो । फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो ।

फिनालेमा प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमले नेपाली भाषा, सँस्कृति संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । कार्यक्रममा सभामुख देवराज घिमिरेलगायत नेपाल सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.