|

काठमाडौं : काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरुलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।

सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालीकाको कदमबिरुद्ध आईतवार काठमाडौंमा भेला भई प्रदर्शन गरेका हुन्। काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उत्रिएका छन्।

व्यवसायीको आन्दोलनमा सहभागी कानुन व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरुलाई गरिखान नदिएको बताए। उनले गैरकानुनी रूपमा व्यवसायीहरुले सामान महानगरले खोसेको भन्दै कानुनी रूपमा नै उनीहरुको समुचित व्यवस्थापन गर्नुपर्ने बताए।

उनले सडक व्यापारलाई कानुनले रोकेको अवस्था नरहेको बताए। महानगरले गैरकानुनी रुपमा व्यवसायीहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाए।

मुल्मीले भने,‘सडक व्यापारीहरुलाई गरिखान दिइरहेको अवस्था छैन। उहाँहरुको सामान गैरकानूनी रुपमा खोसिएर लिलाम गरिएको अवस्था छ। सडक व्यापारलाई  कानूनी रुपमा नै व्यवस्थापन गर्न आग्रह गर्न आएका हौं। सडक व्यापारलाई कानुनले रोकेको अवस्था छैन। कानूनले अनुमति वा दर्ता गरेर गर्नुपर्छ भनेको छ। तर, अनुमति लिने प्रावधान बनाएकै छैन। त्यो त काठमाडौं महानगरपालीकाको ऐनमा नै छ। नगरपालीकाले त्यसरी सामान खोस्न पाउँदैन। कुनै पनि ऐन कानूनमा लेखेको छैन। गैरकानूनी रुपमा उहाँहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरिएको छ। त्यो सबै गैरकानूनी हो।'

व्यवसायीहरुले शहर सबैका लागि की धनीका लागि मात्रै? गरी खान देऊ लगायतका नारा लगाएर आन्दोलन गरेका छन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.