काठमाडौं : सुदूरपश्चिम र मध्यपश्चिमवासीले काठमाडौंको टुँडिखेलमा जम्मा भएर गौरा पर्व मनाएका छन्। बिहीबार आयोजना गरिएको गौरा पर्वमा गौरादेवीलाई शिरमा राखेर महिलाहरू नाच्ने गाउने गर्दै रमाइलो गरेर पर्व मनाएका हुन्।
गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन्। राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो।
गौरा पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।