|
फाइल तस्बिर

काठमाडौं : सरकारले पढ्दै कमाउँदै कार्यक्रमको लागि प्रति विद्यालयलाई ५ लाख बजेटकाे व्यवस्था गरेको छ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका ०८०/८१ मा आव ०७८/७९ मा छनोट भएका विद्यालयका लागि बजेट विनियोजन गरेको उल्लेख छ।

कार्यक्रम कार्यान्वयन पुस्तिकामा भनिएकाे छ, ‘कार्यक्रम निरन्तरताका लागि अनुदान प्राप्त स्थानीय तहले आव ०७८/७९ मा छनोट भएका विद्यालयका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ मा उल्लिखित कार्य प्रक्रियाबमोजिम विद्यालयका लागि यस आवमा प्रति विद्यालय ५ लाख बजेट विनियोजन गरिएकाे छ।’

शिक्षा मन्त्रालयले स्थानीय तहलाई कार्यविधि बमोजिम कार्यक्रम सञ्चालनका लागि विद्यालयलाई सुरुमा ५० प्रतिशत रकम उपलब्ध गराउनु भनेको छ। विद्यालयबाट कार्ययोजनामा उल्लिखित कार्यक्रमहरूको कार्य प्रगतिको नियमित अनुगमन गरेर सोका आधारमा मात्र बाँकी ५० प्रतिशत रकम उपलब्ध गराउनुपर्ने कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख छ।

यस्तै, शिक्षा मन्त्रालयले गत वर्ष अनुदान प्राप्त गरेका विद्यालयको कार्य प्रगतिको अवस्था यकिन गर्न पनि स्थानीय तहलाई निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले आव ०७८/७९ मा पढ्दै कमाउँदै कार्यक्रमको लागि १४० विद्यालय छनोट गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.