|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतबार) पनि २० दशमलव ५४ अङ्कले ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ओरालो लागेर १ हजार ९९३ दशमलव ३८ कायम भएको छ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ४४ अङ्कले ओरालो लागेर ३८२ दशमलव ११ मा सीमित भएको छ। 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको शेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। 

नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३८ लाख ९५ हजार २३६ कित्ता शेयर १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ मूल्यमा कारोबार भएको छ। 

नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

साथै स्वाभिमान लघुवित्त ६, सिटिजन म्युचुअल फण्ड ५ दशमलव ८८, पिपुल्स पावर ५ दशमलव १८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य ४ दशमलव ८९ प्रतिशतले बढेको छ।

कमर जीतमाया सुरी हाइड्रोपावर ९ दशमलव ६३, लिबर्टी इनर्जी ६ दशमलव ३०, अप्पर स्याङ्गे हाइड्रोपावर ५ दशमलव ७९, माहुली लघुवित्त ५ दशमलव ६८ र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ५१ प्रतिशतले बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.