|

सुर्खेत : नेपाली सेनाका एक जना गुल्मपति डोल्पा सदरमुकामबाट बेपत्ता भएका छन्।

डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इन्चार्ज एवम् गुल्मपति विमल पण्डित आइतबार अपरान्हदेखि सम्पर्कविहीन भएका हुन्। ‘त्रिपुरातिर जान्छु भनेर व्यारेकबाट निस्किनु भएको रहेछ। अहिलेसम्म उहाँ ब्यारेकमा फर्किनु भएको छैन’, डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले भने, ‘पीएसओसमेत नलिई बाहिर निस्किनु भएकाले सम्पर्क हुन सकेको छैन।’

मेजर पण्डितको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली त्रिपुरामा पुगे पनि कुनै पत्तो लागेको छैन । त्रिपुरातिर गएको भन्ने सूचनाका आधारमा सुरक्षाका चार वटै निकायको टोली त्रिपुरादेखि अगाडिसम्म पुगेको थियो । तर बिहान त्यस क्षेत्रमा देखिए पनि उनी फेला नपरेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

मेजर पण्डित आइतबार अपरान्ह इभिनिङ वाकमा जाने भन्दै ब्यारेकबाट हिँडेका थिए। सुरक्षा स्रोतका अनुसार उनले आफ्ना सुरक्षा गार्डलाई मसँग नआउन एक्लै जान्छु भनेर गएको खुलेको छ।

मेजर पण्डित ब्यारेकबाट निस्किएर नफर्किएको २४ घण्टा हुन लाग्दा पनि सम्पर्कमा नआएपछि अनेक आशंकाको अवस्था उत्पन्न भएको पोखरेलले बताए। खोजी कार्य व्यापक बनाए पनि अहिलेसम्म कुनै जानकारी पाउन नसकेको प्रजिअ पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.