|

धनकुटा : हरेक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्व बिहीबार धनकुटासहित देशका विभिन्न स्थानमा मनाइएको छ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहेको छ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ।

धनकुटामा २२ परिवारले गाइजात्रा निकालेका छन। धनकुटाको श्रीवानीमा भेला भइ सुरु भएको गाइजात्रा मदनचोक, चुवाको बोट, भीम नारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै टुँडिखेलमा आएर समापन भएको थियो। गाईजात्रामा लाखे नाच, लाठी नाचलगायत प्रदर्शन गरिएको थियो।

राजा प्रताप मल्लले पुत्रशोकले भाव विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएपछि गाईजात्राको चलन सुरु भएको मानिन्छ।

गाईजात्राले मात्रै रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंगात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको विश्वास गरिन्छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.