|

धनकुटा : गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा शुक्रबार धनकुटामा मनाइएको छ। धनकुटाको टुँडिखेलबाट सुरु भएको रोपाइँ जात्रा बजार परिक्रमा गरी बसपार्कमा पुगेर समापन भएको थियो।

टुँडिखेलबाट सुरु भएको जात्रा तल्लो कोप्चे, माथिल्लो कोप्चे, भीमनारायण चोक, भीमसेन थान, परिचय मोड, चुवाको बोट हुँदै बसपार्कमा पुगेर समापन भएको हो।

नेवारी समाजको कला संस्कृति जगर्ने गर्नका लागि पनि यस्ता खाले कार्यक्रमको आयोजना गरिएको नेवा दे दबु धनकुटा नगर अध्यक्ष रोशन श्रेष्ठको भनाइ छ। रोपाइँ जात्रामा हातमा बीउ लिएका रोपाहार र कोदाली बोकेर लाठे रोपाइँ जात्रामा निस्केका थिए। नौमती बाजासहित झाँकी प्रस्तुत गरिएको थियो।

नेवारी समुदायले मनाउने जात्रा भए पनि धनकुटा बजार क्षेत्रमा बसोवास रहेका सबै जातका मानिस सहभागी थिए। जात्रामा पुरुषले महिलाको र महिलाले पुरुषको पोशाक लगाउँछन्। रोपाइँ जात्राका दिन नेवार समुदायले लाखेनाच पनि देखाउने चलन रहँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.