|

काठमाडौं बझाङ प्रदेश सभा १ (१) मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन्। उनले  एमालेका दमनबहादुर भण्डारीसँग २५३ मतको अग्रता कायम राखेका हुन् 

पछिल्लो परिणाम अनुसार सिंहले ८ हजार २२७ मत ल्याएका छन्। यसैगरी एमालेका भण्डारीले ७ हजार ९७४ मत प्राप्त गरेका छन्।

अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३३ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७१ मत ल्याएका छन्।

यहाँ २१ हजारभन्दा बढी मत गनिसकिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.