|

काठमाडौं : पछिल्लो पाँच दिनमा देशभरमा एक हजारजना डेंगु संक्रमित थपिएका छन्।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को विवरणअनुसार पछिल्लो पाँच दिनको अवधिमा नेपालमा थप एक हजारभन्दा बढी डेंगु संक्रमित थपिएका हुन्।

पाँच दिन अगाडि  (अगस्ट ३०)सम्म २१ हजार २०६ जना रहेको संक्रमितको संख्या सेप्टेम्बर ३ सम्ममा आइपुग्दा २२ हजार ६२७ जना पुगेको छ। 

इडिसिडीको विवरणअनुसार डेंगुकै कारण मृत्यु हुनेको संख्या पनि १४ जना पुगेको छ। इडिसिडीको विवरणअनुसार यो हप्ता थप एकजना डेंगु संक्रमितको मृत्य भएको हो। 

संक्रमणको विवरण हेर्दा हालसम्म झापा, सुनसरी, मोरङ र धादिङमा हालसम्म संक्रमितको संख्या धेरै रहेका छन्। यी चार जिल्लामा एक हजारभन्दा बढी संक्रमित रहेका छन।

हालसम्म मोरङमा २२४९ जना अघिल्लो हप्पता मोरङमा २२४४ जना संक्रमित थिए, सुनसरीमा १२४३१ जना पुगेका छन अघिल्लो हप्ता यो जिल्लामा ११६५९ जना संक्रमित थिए यसरी हेर्दा सुनसरीमा पाँच दिनमै लगभग हजार जना संक्रमित थपिएको देखिन्छ।

यस्तै, झापामा १३४७ जना संक्रमित पुगेका छन् अघिल्लो हप्तासम्म झापामा १३३१ जना संक्रमित थिए। यस्तै, धादिङमा पनि २१७३ जना संक्रमित पुगेका छन् अघिल्लो हप्तासम्म २१४३ जना संक्रमित रहेका थिए। 

संक्रमणको अवस्था अनुसार कुनै पनि जिल्लामा ५ सय भन्दा धेरै संक्रमित भेटिएमा उक्त जिल्ला संक्रमणको ' रेड जोन' मा रहेको मानिन्छ। 

नेपालमा गत वर्षहरूमा डेंगु संक्रमणको बढ्दो प्रवृत्ति हेर्दा अझै एक महिना डेंगु संक्रमण तीव्र बढ्ने देखिन्छ। इडिसिडीकै विवरण हेर्ने हो पनि गत वर्ष सेप्टेम्बर महिनामा डेंगुका सबैभन्दा धेरै बिरामी भेटिएका थिए।

गत वर्षको अगस्टमा नेपालमा ३ हजार ७०८ जना संक्रमित भेटिएकोमा यो वर्षको अगस्टमा १३ हजार ३६३ जना संक्रमित भएका छन्। यसैगरी गत वर्ष जुलाईमा ७२० जना संक्रमित भएकोमा यो वर्ष जुलाइमा ६ हजार ६९ जना संक्रमित भए।

इडिसीले यसअघि नै डेंगु संक्रमण असारदेखि बढ्दै गई भदौ र असोजमा उच्च हुने प्रक्षेपण गरिसकेको छ। 

अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौँ उपत्यकासहित देशभर डेंगु तीव्र गतिमा फैलिएको थियो। गत वर्ष काठमाडौं उपत्यकामा महामारीकै रूपमा डेंगु संक्रमण फैलिएको थियो। त्यो वेला ५४ हजार ७८४ जना डेंगुबाट बिरामी भएका थिए। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.