|

काठमाडौं : बलरामका बाबु परदेशबाट फर्किन्छन्।  केही समयमा नै आएको बाढीले उनलाई बगाएर लैजान्छ। र मृत्यु हुन्छ। त्यसबेला बलराम सात वर्षको हुन्छ।

सानैमा बाबु गुमाएको बलरामको घरको आर्थिक अवस्था मजबुत बनाउने जिम्मेवारी थपिन्छ। समयसँगै उ ठूलो हुँदै जान्छ र एकदिन परदेशको बाटो समात्छ।परदेशमा उ गोठालो बन्छ। जेनथेन कमाएको पैसा आफन्तको नजरमा पर्छ।

उ रित्तो हुन्छ। परदेशी भूमिमा दुःखको कमाइ पनि आफ्नो नभएपछि उ देश फर्कन्छ। समयसँगै उसलाई फरक फरक परिवेशमा फरक फरक दुःखका पहाडले थिचिरहन्छ।  तर, उ हिम्मत हार्दैन। उ सहन्छ। सहनु उसले जिन्दगीको परिभाषाका अर्थ्याउँछ। उ विगत भुल्दै जान चाहन्छ, नियतिले उसलाई विगत सम्झाउन खोजिरहन्छ।
प्रस्तुत अंश नाटक आतुरकालका हुन्। इन्द्रेणी थियटर पोखराको नाटक आतुरकाल रसियन हाउसमा मञ्चन हुँदै छ। रसियन हाउस र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भदौ २१ र २२ गते बेलुका ५ बजे मञ्चन हुने भएको हो। 

नाटकका लेखक केदारनाथका पौडेलका अनुसार विशेषत: गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक हो। नाटकका निर्देशक हुन् कपिल शर्मा। शर्माले नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ-आफ्नै सभ्यताहरू छन्। एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्छ भन्ने कुरा देखाएको बताउँछन्।

 'आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्छ। एउटा सन्तान/एउटा बाबु/एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्छ। समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र हो', उनले नाटक बारे भने।

उक्त नाटकमा लक्षमण डुम्रे,सितला अधिकारी, अर्जुन गुरुङ,प्रियङ्का खड्का ,रामहरि अधिकारी,पवन वि.क.ले अभिनय गरेका छन् भने संगीत तथा गायन शिवहरि अर्याल र विनोद पौडेलको रहेको छ। प्रकाश संयोजन  दिपेन्द्र पौडेलले गरेका छन्। सेट र कन्सेप्ट डिजाइन  लेखक पौडेलको रहेको छ। 

यो नाटक यसअघि २०७९ फाल्गुन  ५ देखी ११ गते सम्म पोखरा स्थित गन्धर्व नाटकघरमा  मञ्चन गरेको थियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.