|

काठमाडौं : धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय आरती साहको दाइजोको कारण हत्या भएको भन्दै उनका माइती पक्ष माइतीघरमा लगातार आन्दोलनमा छ।

साहलाई न्याय नमिलेको भन्दै आज उनका बुबा विनोद प्रसाद साह, मामा सन्तोष साह लगायतका आफन्तहरुले माइतीघरमा सामूहिक केश मुण्डन गरेर सरकारको विरोध गरेका हुन्।

आरती साह गत जेठ ७ गते श्रीमानको घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। तर उनका आफन्तहरु यसलाई आत्महत्या मान्न तयार छैनन् । यो आत्माहत्या नभई हत्या भएको माइती पक्षको आरोप छ। उनीहरू गत असार १ गतेदेखि साहको न्यायको माइतीघर मण्डलमा आन्दोलनरत छन्।
प्रहरीले यस घटनामा दुई जनालाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ। एकजना भने फरार छन्।
केही तस्वीर झलक :
 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.