भारतीय बलर सामु निरीह श्रीलंकाली ब्याटर

|

काठमाडौँ : एशिया कपको उपाधि जित्न भारतले एकदिवसीय क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम ५१ रनको लक्ष्य पाएको छ।

श्रीलंकाको प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ थालेको घरेलु टोली श्रीलंका १५ दशमलब २ बलमा अलआउट हुँदै ५० रनमा समेटिएपछि भारतले एकदिवसीय शृंखलामा सबैभन्दा कम ५१ रनको लक्ष्य पाएको हो।

एकदिवसीय ढाँचामा सबैभन्दा कम रन सन् १९८८ मा श्रीलंकाले फाइनलमा ४३ ओभर २ बलमा अलआउट हुँदै भारतलाई १७६ रनको लक्ष्य दिएको थियो। त्यस क्रममा जवाफी ब्याटिङ गरेको भारतले ३७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर १८० रन बनाउँदै ६ विकेटले जितेको थियो।

श्रीलंकाका लागि कुशले मेण्डिसले सर्वाधिक १७ तथा दूषण हेमन्थले अविजित १३ रन बनाए पनि अन्य कुनै ब्याटरहरूले दोहोरो अंकको रन छुन सकेनन्। धनञ्जय डी सिल्भा ४ तथा पाथुम निशान्का २ रन बनाएर पभेलियन फर्कदा कुशल परेरा, चारिथ आसालान्का‚ दासुन शानक, मथिशा पाथिराना र सदीरा समर विक्रमाले खाता नै खोल्न सकेनन्।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा मोहममद सिराजले घातक बलिङ गरे। ७ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै २१ रन दिएर सर्वाधिक ६ विकेट हात पारे। हार्दिक पाण्ड्याले ३ तथा जसप्रीत बुमराहले १ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.