काठमाडौं : पञ्चाङ्गले बिहान १०:४९ बजे मात्र पञ्चमी तिथि लाग्ने उल्लेख गरे पनि श्रद्धालुले बिहानैदेखि ऋषिपञ्चमी पर्व मनाइरहेका छन्।
बिहान सबेरै उठेर पञ्चमी स्नान गर्नुपर्ने मान्यताअनुरूप श्रद्धालु महिलाले घरैमा तथा नदी तलाउमा गएर नुहाई सप्तऋतिको पूजा आराधना गरिरहेका छन्।
वागमती नदीमा स्नान गर्ने तथा सप्तऋषिको पूजा गरी अर्घ्य दिने र पूर्णपात्रलगायत कर्म सक्नेको चहलपहल देखिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।