|

शुक्रकीट गुणस्तर र सङ्ख्याका बारेमा विभिन्न खालका अनुसन्धान रिपोर्ट आएका छन्। 

मानिसको आहारमा चिल्लोको मात्रा र प्रकारले  शुक्रकीटको गुणस्तर र सङ्ख्यामा प्रभाव पार्ने  निष्कर्ष अमेरिकामा गरिएको एक अध्ययनको छ। 

खानामा ‘स्याच्युरेटेड’ चिल्लोले  स्वास्थ्यमा  खराब  प्रभाव  पर्ने  प्रमाणित छ। अनुसन्धानकर्ताले कमजोर  प्रजनन क्षमतासँग पनि यसका सम्बन्ध स्थापित गरेका छन्।

ह्युमन रिप्रडक्सन जर्नलमा जनाइए अनुसार म्यासाच्युसेट्स जनरल अस्पतालका रिप्रोडक्टिव इन्डो क्रिनोलोजीका अनुसन्धानकर्ता जिल अट्म्यानको टोलीले अमेरिकी  पुरुषमा  अनुसन्धान  गर्दा  धेरै चिल्लो  खाने  मानिसमा  शुक्रकीटको  सङ्ख्या कम हुने  पत्ता लगाएको थियो। 

यसका साथै  ओमेगा–३ पोलिस्याच्युरेटेड चिल्लो भएको खाना खान पुरुषमा शुक्रकीटको  गुणस्तर र सङ्ख्या अधिक हुने भनाइ अट्म्यान टोलीको छ।  माछा र वनस्पति तेलमा पाइन ओमेगा–३ पोलिस्याच्युरेटेड चिल्लोले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।

यसअघिको एक अनुसन्धानले  पनि मोटोपना र शुक्रकीटको  गुणस्तरबीच सम्बन्ध हुने गरेको बताएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.