|

युक्रेनी अन्न बोकेको पहिलो कार्गो जहाज बिहीबार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्ट्रेट पुगेको छ।

रेजिलियन्ट अफ्रिका नामक जहाज टर्कीको बोस्फोरस स्ट्रेटको ब्ल्याक सी प्रवेशद्वारमा सरियर जिल्लामा पुगेको बताइएको हो। जहाजपछि इजरायल हुँदै स्ट्रेट पार गर्नेछ।

युक्रेनले अगस्टमा एक मानवीय करिडोर घोषणा गरेको थियो। रुसले संयुक्त राष्ट्रसँग गरेको अन्न सम्झौता फिर्ता लिएपछि अन्न ढुवानीलाई अनुमति दिइएको थियो।

रुस र युक्रेनले जुलाई २०२२ मा इस्तानाबुलमा ब्ल्याक सी ग्रेन इनिसिएटिभमा अलग अलग हस्ताक्षर गरेका थिए। जसले युक्रेनलाई यसको कालो सागर बन्दरगाहबाट आफ्नो अन्न र अन्य कृषि उत्पादनहरु निर्यात गर्न अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.