|

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा वर्तमान प्रचण्ड नेतृत्वको सरकारको कामप्रति प्रश्न उठेको छ। बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकारको कामप्रति प्रश्न उठाएका हुन्। 

बैठकमा बोल्दै नेता गुरु बरालले पार्टी सहमहामन्त्रीलाई खुकुरी प्रहार हुँदासमेत सरकार निरीह बनेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए। 

‘हाम्रो पार्टी यो सरकारसँग छ। कांग्रेसको नेतृत्वमा यो सरकार बनेको हो। हाम्रो सह महामन्त्रीमाथि खुकुरी प्रहार भएको छ। यस्तो अवस्थामा सरकार निरीह अवस्थामा छ। नेताहरूलाई त सुरक्षा छैन हाम्रो के सुरक्षा छ भन्ने प्रश्न उठेको छ जनतामा ?’,उनले भने। 

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले आफ्ना पार्टीको नाम जोडिएका प्रकरणमा छानबिन नगरेको आरोप लगाए। 

भुटानी शरणार्थी प्रकरणको छानबिनमा अग्रसरता लिए पनि आफ्ना पार्टीको नाम जोडिएका प्रकरणमा छानबिन नगरेको उनको आरोप थियो। 

माओवादीले सुन प्रकरणमा जोडिएका महरालाई छानबिन नगरेको भन्दै उनले भने ‘शरणार्थी प्रकरणमा सरकार र गृह मन्त्रालयले जुन तदारुकता देखायो। आफ्नो दलका नेताहरु सहभागी भएको देखिएपछि माओवादीले अनेक बहानामा कृष्णबहादुर महरामाथि छानबिन गरेन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.