|

ललितपुर : १९ औं एसियाली खेलकुदको महिला फुटबलमा नेपालले खराब सुरुवात गरेको छ। चीनको हाङझाउमा नेपाली महिला फुटबल टोलीले भियतनामसँग हार्दै प्रतियोगिता सुरु गरेको छ। 

एक महिना पहिले सम्पन्न फिफा महिलाविश्वकपमा सहभागिता जनाएको भियतनामसँग नेपाल २–० गोलले पराजित भयो। पहिलो हाफ गोलरहित बराबरीमा सके पनि नेपालले दोस्रो हाफको १० मिनेट नबित्दै गोल खान पुग्यो। 

भियतनामका लागि खेलको ५३ औं मिनेटमा फाम हेइ येनले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसको ११ मिनेट नपुग्दै अर्को गोल नेपालले खायो।

खेलको ६४ र्औं मिनेटमा भियतनामले दोस्रो गोल गर्यो। भियतनामका लागि गुयन थि बीच थुएले दोस्रो गोल गरिन्। 

अब नेपालले दोस्रो खेल सोमबार जापानसँग खेल्ने छ। त्यसपछि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। जापानलाई महिला विश्वकपको एउटा पावर हाउसका रुपमा लिइन्छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.