काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पदबहाली गर्दै तीनवटा योजना सार्वजनिक गरेका छन्।
उनले युवा उद्यमीलाई प्रोत्साहनका लागि विशेष कार्यक्रम गर्ने, विकासका लागि विनियोजित बजेट प्रभावकारी ढंगले खर्च गर्ने र राजस्व संकलनलाई वैज्ञानिक र आधुनिकीकरण गर्ने घोषणा गरेका छन्।
उपप्रधानमन्त्री महराले देशको नाजुक आर्थिक स्थितिलाई सुधार गर्नुपर्ने र आर्थिक वृद्धिदर बढाएर अर्थतन्त्र मजवुत पार्ने चुनौतीको सबैले मिलेर सामना गर्नुपर्ने बताए।
उनले आफ्ना तीन नीति कार्यान्वयन गर्नका लागि अर्थमन्त्रालयका कर्मचारीहरुको सहयोग मागेका छन्। 'मैले नीति निर्माणमा हस्तक्षेप गर्छु। तर योजना र कार्यक्रममा स्वतन्त्र ढंगले कार्यान्वयन गर्न म तपाईहरुलाई सहयोग गर्छु' उनले भने 'मैले मान्छेको अनुहार हेरेर काम गर्दिन। नीति सही ढंगले कार्यान्वयन भयो कि भएन मात्र हेर्छु।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।