|

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनीतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्।

शनिबार समाज कल्याण परिषद्द्वारा काठमाडौंमा आयोजित ४४ औं सामाजिक सेवा दिवसलाई सम्बोधन गर्दै उनले सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने गरी योजना तर्जुमा गर्न निर्देशन दिएका हुन्।

उनले सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरुको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए।

उनले गैरसरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीतिअनुरूप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्नेगरी कार्य गर्न निर्देशन दिए। उनले गैरसरकारी संस्थाहरुलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषद्बाट हुने अनुगमन एवं मूल्यांकन कार्यलाई प्रभावकारी बनाइने व्यहोरा आर्थिक वर्ष २०८०-०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख रहेको बताए।

उनले भने, ‘परिषद्द्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरूबीचको समन्वय, परियोजनाको अनुगमन, मूल्यांकन, सूचना तथा तथ्यांक व्यवस्थापन लगायतका कार्यहरु प्रभावकारी बनाउँदै लगेको छ। परिषद्को आन्तरिक सुशासनलाई समेत मजबुत बनाउँदै सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरुको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता छ। गैरसरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीतिअनुरूप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्नेगरी कार्य गर्नुहुन सम्पूर्ण सम्वद्ध निकायलाई अनुरोध गर्दछु।'

मन्त्री आचार्यले परिषद्द्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरुबीचको समन्वय, परियोजनाको अनुगमन, मूल्यांकन, सूचना तथा तथ्यांक व्यवस्थापन लगायतका कार्यहरु प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.