|

काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ।

अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढीरहेको नेप्से साताको पहिलो दिन आइतबार गिरावट आएको हो। आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ बिन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले गिरावट आएर कारोबार बन्द भएको छ।

आइतबार कारोबारमा आएका २८५ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बिहीवार नेप्सेको ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

आइतबार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। जसमा लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ भने बैंक, वित्त, होटल तथा पर्यटन, विकास बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आइतबार नेप्से घटेपनि ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर शुभम् पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.