|

काठमाडौं : २०७९ सालको पद्मश्री साहित्य पुरस्कार देवीप्रसाद सुवेदीको उपन्यास मनुले पाउने भएको छ।​

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक– सांस्कृतिक उपन्यास भएको बताएको छ। मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको र १८० पुस्तकमध्येबाट कृतिलाई उत्कृष्ट ठहर्‍याइएको अध्यक्ष जीवा लामिछानेले जनाएका छन्। ​

पद्मश्री साधना सम्मान  चित्रकला र कार्टुन कलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने  कलाकार दुर्गा बराल (वात्स्यायन) लाई दिने निर्णय भएको लामिछानेले जनाएका छन्। 

पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान गरेका शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई दिइने छ।​ पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीनवटैको तीन लाख पुरस्कार रहेको छ। 

सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.