|

धनकुटा :  जिल्लाका स्थानीय तहमा गत आर्थिक वर्षसम्ममा करिब ८३ करोड बेरुजू देखिएको छ। सात वटा स्थानीय तह रहेको धनकुटामा ८२ करोड ८३ लाख ९३ हजार ७ सय १३ रुपैयाँ बेरुजू रहेको पाइएको हो।

जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक प्रगति समिक्षामा स्थानीय तहका प्रतिनिधीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार धनकुटा जिल्लामा सो रकम बेरुजू भएको पाइएको हो।तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटा जिल्लामा सबैभन्दा बढी धनकुटा नगरपालिकामा १९ करोड ६२ लाख ४ हजार ७ सय ८२ रुपैयाँ बेरुजू रहेको छ भने सबैभन्दा कम सहिदभूमि गाउँपालिकामा ४ करोड ९८ लाख ५४ हजार बेरुजू रहेको छ।

यस्तै महालक्ष्मी नगरपालिकामा १८ करोड ९२ लाख ९९ हजार ९ सय ३१, छथर जोरपाटी गाउँपालिकामा १२ करोड ४९ लाख ९४ हजार, पाख्रिबास नगरपालिकामा १२ करोड ७ लाख ३६ हजार, साँगुरीगढी गाउँपालिकामा ८ करोड ६५ लाख २६ हजार र चौविसे गाउँपालिकामा ६ करोड ७ लाख ७९ हजार रुपैयाँ बेरुजू रहेको छ। 

स्थानीय तहले पूर्वतयारी विनाका आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी नभएको, कानूनले तोकेको सीमा नाघी रकमान्तर गरेको लगायतका सुधार गर्नुपर्ने महालेखापरिक्षणको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २(द) मा प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रित नपु¥याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठह¥याएको कारोबारलाई बेरुजूको रुपमा परिभाषित गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.