|

काठमाडौं : सरकारसँग भएको दुईबुँदे निर्णयप्रति असहमति जनाउँदै स्वास्थ्यकर्मीहरू आज पनि सडकमा उत्रिएका छन्। पछिल्लो समय हेटौँडा र पोखरामा चिकित्सक कुटिएको र त्यसको विरोधमा उत्रेका आन्दोलनरत स्वास्थ्यकर्मीहरूसँग सरकारले मंगलबार गृह मन्त्रालयमा २ बुँदे निर्णय गरेको थियो।

यद्यपि, उक्त निर्णयले मात्र आफूहरू नमान्ने भन्दै स्वास्थ्यकर्मीहरू निरन्तर आन्दोलनमा रहेका हुन्। उनीहरू आज पनि माइतीघर मण्डलामा जम्मा भएर बानेश्वर क्षेत्रमा पुगी कोणसभा गरेका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले स्वास्थ्यकर्मी कुट्न पाइँदैन, शान्ति सुरक्षा कायम गर् लगायतका नारा लगाएका थिए। प्रदर्शन र नारावाजीका क्रममा प्रहरीसँग सामान्य धकेलाधकेल भएको थियो। यद्यपि प्रदर्शन शान्तिपूर्ण नै रहेको छ। माइतीघर बानेश्वर क्षेत्रमा शिक्षक र स्वास्थ्यकर्मीको आन्दोलनका कारण यस क्षेत्रको सवारी रूट प्रभावित भएको छ।

केही तस्वीर झलक :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.