|
सौजन्य : नोबेल पुरस्कार समिति

काठमाडौं : यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक युन ओलाफ फोसालाई दिने घोषणा गरिएको छ।

नोबेल पुरस्कार समितिले ‘व्यक्त गर्न नसकिने कुरालाई उनले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’ फोसालाई साहित्यतर्फको पुरस्कार दिन लागिएको हो।

आफ्नै शैलीमा आख्यान लेख्ने फोसाको शैलीलाई ‘फोसा मिनिमलिज्म’ भन्ने गरिएको छ। फोसाले पुरस्कार पाउँदा आफू अभिभूत भएको र अलिकति डर लागेको प्रतिक्रिया दिएका छन्।

सन् १९५९ मा जन्मिएका फोसाका ४० वटा नाटक, कैयौँ उपन्यास, निबन्ध, बालबालिकाका लागि लेखिएका पुस्तक र अनुवादहरू प्रकाशित छन्।

आगामी डिसेम्बरमा आयोजना हुने विशेष समारोहमा उनलाई पुरस्कार प्रदान गरिनेछ।

यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो।

भोलि (शुक्रवार) शान्तिका लागि र आउने सोमवार अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.