|

काठमाडौं: नेकपा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले ‘कालो अक्षर रातो अक्षर’ नाटक मञ्चन गरिरहेको छ।

शैक्षिक क्षेत्रका विसङ्गति, शिक्षाको व्यापार, युवा विद्यार्थीको बाध्यात्मक बहिर्गमन र त्यसलाई ओत दिने विकृति उजागर गरिएको नाटक असोज १७ गतेदेखि शिल्पी कला समूहको गोठाले नाटकघरमा ​मञ्चन भइरहेको हो।

समिक बडालको परिकल्पना, आरके रोमसको लेखन र दिलिप खड्काको निर्देशनमा मञ्चन भइरहेको नाटकमा अनुप न्यौपाने, अजय लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, संगीता थापा, सञ्जीव राई, सुजैन सिलवाल, सुदीप खतिवडा र शान्ता राईको अभिनय छ।

नाटक असोज २७ गतेसम्म मंगलबारबाहेक हरेक साँझ ५:१५ बजे शिल्पी थिएटरमा मञ्चन हुने जानकारी दिइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.