|

काठमाडौं : मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनासहितको अभिनय र नृत्य प्रधान नाटक 'ब्यूँझिएको सिरानी' थापागाउँ स्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको छ।

वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा तयार भएको नाटक यही असोज १६ गतेदेखि मञ्चन सुरु भएको हो।

नाटक 'ब्यूँझिएको सिरानी' मा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायत कलाकारको अभिनय रहेको छ।

जेडी तमूको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकले मानसिक स्वास्थ्यको विषयलाई उठाउँदै मानसिक दुर्बलतामाथिको मौनता तोड्ने प्रयास गरेको छ।

अनिल सुब्बाको कला निर्देशन र गायिका झुमा लिम्बुको  संगीत संयोजन रहेको नाटक यहि असोज २८ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ बजे र शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.