|

पर्वत : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङ खोला थुनिँदा बनेको तालका कारण सोही खोला सहित मोदी खोलाको किनारमा पनि जोखिम भएको छ।

अन्नपूर्णका वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोला किनारमा रहेको अग्लो जमिनबाट ठुलो पहिरो खसेपछि शनिबार अपराह्नतिरबाट खोला थुनिएको हो। आइतबार बिहान करिब ११ बजेतिरबाट थुनिएको भागको छेउतर्फबाट बिस्तारै पानी बग्न थालेको भए पनि खोलामा निकै ठूलो ताल बनेको छ।

‘म आफै खोलामा गएर त्यहाँको अवस्थाका बारेमा हरेर फर्किएको छु। माथिबाट खसेको ठुलो पहिरोले करिब १५ घण्टादेखि खोला थुनिएको हो। यसले किम्रोङ र मोदी खोला किनारलाई जोखिम देखिएको छ’, वडाध्यक्ष गुरुङले भने, ‘अघि केही बेर अगाडिबाट तालको छेउबाट बिस्तारै पानी बग्न त थालेको छ। तर पानीको चाप धेरै भएर थुनिएको भाग एकै पटक खोलियो भने किनार आसपासमा सतर्कता अपनाउनुपर्ने छ।’

किम्रोङ खोला मोदी खोलामा आएर मिसिने भएकाले किम्रोङ सहित मोदी खोलाको क्षेत्र पनि जोखिममा रहेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.