|

संखुवासभा : ​संखुवासभाको भोटखोला गाउँपालिकामा  टेलिफोन सेवा अवरुद्ध छ। दुर्गम उत्तरी क्षेत्र भोटखोलाको टेलिफोन सेवा एक सातादेखि अवरुद्ध रहेको हो। 

टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन्।  मकालु गाउँपालिका–५ को माङ्सिमाको भाटभटेनी डाँडामा रहेको नेपाल टेलिकमको टावर समस्या देखिए पछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए। 

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–१ किमाथाङ्का बाहेक सबै वडामा सम्पर्कविच्छेद भएको अध्यक्ष भोटेले बताए । गत असोज १७ राति परेको चट्याङले मकालु –५ भाटभटेनी  डाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुर्‍याएको थियो। उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण वेला–वेला टावरमा समस्या आउने गरेको छ । 

टेलिफोन सेवा अवरुद्ध  भएपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन्।  भोटखोलाको अवरुद्ध टेलिफोन सेवा चाँडै सहज बनाउने दूर सञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेम राईले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.