|

काठमाडौं : अर्को महिना हुने टी-ट्वेन्टी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले युएईसँग खेल्ने भएको छ। 

आयोजक नेपाल क्रिकेट संघ क्यानले आज त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक गरेको हो।  

जसमा नेपालले कार्तिक १ गते हुने पहिलो खेलमा युएईसँग खेल्ने भएको हो। मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे हुनेछ।  

टी-ट्वेन्टी विश्वकप छनोट अघि अभ्यास खेलका रुपमा क्यानले नेपाल, युएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको हो। २ गते हुने दोस्रो खेलमा नेपालले हङकङ, ४ गते फेरी हङकङ र ६ गते युएईको सामना गर्नेछ। 

डबल राउण्ड राबिन लिगका आधारमा सञ्चालन हुने सिरिजको शीर्ष २ टोलीबीच १० गते त्रिवि क्रिकेट मैदानमा फाइनल हुनेछ।  सिरिजमा लिग चरणका सबै खेल मुलपानी र फाइनल त्रिवि मैदानमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.