|

काठमाडौं : सांसद  देवेन्द्र पौडेलले नेपालमै उच्च शिक्षा पढ्ने विश्वासको वातावरणको व्यवस्था गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा विदेशमा पढ्न जाँदा अकालमै विद्यार्थीहरूले ज्यान गुमाउनु परेको भन्दै उनले नेपालमै पढ्ने वातावरण मिलाउन माग गरेका हुन्।

यहाँ पढ्ने वातावरण नहुँदा उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने गरेको उनको भनाइ छ। पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत बनेका उनले भने, ‘हाम्रो विश्वविद्यालयको पठनपाठनको स्तरीयकरण गर्ने र नेपालमै पठनपाठनको विश्वास जगाउने, बस्ने, पढ्नेमा विश्वास जगाउन सरकारको गम्भीर ध्यान जाओस्।’ 

गत शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने ६ जना घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.