|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुणामणि शर्मालाई रिहा गर्न ३ अर्ब रुपैयाँ धरौटी  माग गरेको छ। कर फर्छ्योट आयोगबाट अनधिकृत रुपमा कर छुट दिएको आरोपमा उनी जेठ १९ गते पक्राउ परेका  थिए । 

शर्माको विगो ३ अर्ब बराबरको रहेकाले धरौटीमा रिहाका लागि उनीसँग रकम माग गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनी सदस्य सचिव रहेको आयोगले अवैधानिक रुपमा करिब २० अर्बभन्दा बढी कर मिनाह गरेको आरोपमा अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको छ। अख्तियारले पक्राउ गरे पनि उनी अस्वस्थ रहेको भन्दै अस्पताल भर्ना भएपछि बयान लिन सकेको थिएन। 

शर्मा नर्भिक अस्पतालबाट डिस्चार्ज भएपछि अख्तियारले बिहीबार बयान लिएको थियो। १ सय १५ फाइल माथि अनुसन्धान गर्दा ९ अर्ब बराबरको कर अनाधिकृत रुपमा छुट पाइएको अख्तियारले जनाएको छ। कर फर्छ्यौट आयोगको अझै ९ सय ४४ फाइल अनुसन्धान गर्न बाँकी छ। 

कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकाललाई पनि पक्राउ गर्न अख्तियारले सार्वजनिक सूचना जारी गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.