|

काठमाडौं : भक्तपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ। गत वर्षकोभन्दा यस वर्ष धान दशैँअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन्। दशैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन्।

भक्तपुरका काठक्षेत्रमा यतिबेला किसानहरूलाई पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालेका हुन्।

दशैँअघि धान भित्र्याएपछि ढुक्कले दशैँ मनाउन पाउने किसान बताउँछन्। अहिले भक्तपुरका भित्री क्षेत्रमा खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ।

समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ। धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.