|

काठमाडौं : नेपालीहरूको महान चाड बडा दशैँ मनाउन घर फर्किनेहरूको लर्को लागेको छ।

शनिबार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरूमा घर जानेहरूको लर्को देख्न सकिन्छ। काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरू आफ्ना सरसामान बोकेर उभिरहेको देख्न सकिन्छ।

दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन्। हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरूको संख्या उल्लेख्य हुने गर्दछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.