|

काठमाडौं : इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शवमध्ये ३ जनाको शव काठमाडौं आइपुगेको छ। 

गएराति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेकोे हो भने केही बेरअघि लोकेन्द्रसिंह धामी र दिपेशराज विष्टकोे शव काठमाडौं आइपुगेको छ। आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिए। 

तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव फ्लाई दुबईको जहाजमार्फत् नेपाल पठाएको हो। शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.