|

काठमाडौं: दशैं भन्ने वित्तिकै मासुको पर्व भनेर बुझ्ने गरिन्छ। दशैंको अवसरमा धेरैले  खसी, बोका राँगा सुगुरलगायत जनावरको मासु खाने गरेको पाइन्छ। चिकित्सकहरुले सकेसम्म दशैँमा रातो मासुभन्दा सेतो मासु अर्थात् कुखुरा, माछाको मासु खानु उपयुक्त हुने  बताउँछन्।

तर मासुको रुपमा धेरै प्रयोग गरिने यही ब्रोइलर कुखुराको मासु पनि मानव स्वास्थ्यको लागि निकै घातक मानिने  प्रतिजैविक (एन्टीबायोटिक) को प्रयोग गर्ने गरेको पाइन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक विवरण अनुसार केही समय अघि गरिएको एक अध्ययनमा काठमाडौं उपत्यकामा रहेका ब्रोइलर पोल्ट्री फार्ममा  ९० प्रतिशत सम्म मानव स्वास्थ्यको लागि हानिकारक मानिएका विभिन्न प्रकारका एन्टिबायोटिकको प्रयोग गरेको पाइएको थियो।

२० प्रतिशत फार्महरुले प्रोफिलेक्सिसको रूपमा एन्टिबायोटिकहरू गरेका थिए भने ८० प्रतिशतले फार्ममा राखिएका ब्रोइलर कुखुराहरुको स्वास्थ्यको लागि एन्टिबायोटिकहरु प्रयोगका लागि राखिएको पाइएको थियो।

यति मात्रै होइन मन्त्रालयको विवरण अनुसार काठमाडौं उपत्यकामा बेच्न राखिने विभिन्न प्रकारका ससेजहरु पनि प्रदुषित नै रहेको छ।  काठमाडौं उपत्यकाबाट १२६ नमूना संकलन गरेर गरिएको अध्ययनमा ८३ प्रतिशत सम्म ससेजमा एन्टिवायोटिक्सहरुको प्रयोग गरेको पाइएको थियो।

विशेष गरी पोल्टि फार्महरुले बोइलर कुखुरालाई चाँढै ठूलो बनाउन (ग्रोथ हर्मोन) र कुनै पनि संक्रमणले नमरुन भनेर मानव स्वास्थ्यलाई असर गर्ने खालका विभिन्न प्रकारका एन्टिबायोटिकहरुको प्रयोग गर्ने गरेको मन्त्रालयले जनाएको छ।

तर यही बोइलर कुखुराको मासु मानिसले खाने र अन्डा, मासुको माध्यमबाट मानव शरिरमा मानव शरिरलाई हानिकारक मानिएका एन्टिबाषयोटिक मानव शरिरमा  जाने हुदा पछिल्लो समय  नेपालीको शरीरमा एन्टिबायोटिकको मात्रा बढिरहेको छ। यसले विस्तारै मानव स्वास्थ्यमा हानी गरिरहेको विज्ञहरुले बताउँदै आएका छन्।

यता स्वास्थ्य मन्त्रालयको विवरणअनुसार औषधिस्तर नियमावली २०४३’ मा नेपाल सरकारले औषधिलाई क, ख र ग गरेर तीन किसिममा बाँडेको छ। समूह ‘क’ मा लागू र विषाक्त औषधि, ‘ख’ मा एन्टिबायोटिक्स हर्मोन्स पर्छ।

क, ख  समूहका औषधिहरू चिकित्सकको प्रेस्क्रिप्सन अनुसार मात्र बिक्री वितरण गर्न पाइन्छ। यस्ता औषधीहरू फर्मासिस्ट (मेडिकल)ले बिक्री वितरण गर्न पाउँदैनन्। तर, नेपालमा सामान्य रुघाखोकी लागेर मेडिकल पुगेका विरामीलाई समेत बिना जाँच अनिवार्य एन्टिबायोटिक दिइन्छ। फार्मेसी (मेडिकल पसल) हरूले समूह ‘ग’ अन्तर्गत रहेर औषधि बिक्री गर्नुपर्छ । जसका लागि चिकित्सकको प्रेस्क्रिप्सन चाहिँदैन।

तर पोल्ट्री फार्महरुमा प्रयोग गरिने एन्टिबायोटिकहरु चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रयोग नै गर्न नमिल्ने खालका एन्टिबायोटिक मात्रै होइन नेपालमा प्रतिबन्ध गरिएका खालका  एन्टिबायोटिक औषधीहरु समेत प्रयोग हुने गरेको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

यता नेपालमा पछिल्लो समय औषधीको रुपमा होस् वा बनस्पति तथा जनवारहरुको हुर्काइको लागि होस् एन्टिबायोटिक औषधीहरुको अनावश्यक प्रयोग भएपछि केही समय अघि औषधी व्यवस्था विभागले १०३ प्रकारका प्रतिजैविक (एन्टीबायोटिक) औषधिको प्रयोगलाई प्रतिबन्ध गरी सकेको छ।

विभागका महानिर्देशक नारायण ढकालका अनुसार यस्ता प्रतिजैविक औषधिको समिश्रण र सो औषधिहरुको समिश्रण उत्पादन तथा आयातलाई प्रतिबन्ध लगाएको हो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करिब एक वर्ष लगाएर गरेको र हालै सार्वजनिक भएको एक अनुसन्धानमा २८  प्रतिशत नेपालीले ‘प्रेस्क्रिप्सन’ बिनै आफूखुसी एन्टिबायोटिक किनेर खाने गरेको पाइएको देखाएको थियो ।

जसमा एजिथ्रोमाइसिन २४ प्रतिशत एमोक्सिसिलिन २० प्रतिशत, केफिन १४ प्रतिशत, सिप्रोफ्लोक्सासिन १४‍.१ प्रतिशत र मेट्रोनिडाजोल ९ प्रतिशत  डाक्टरको प्रेस्क्रिप्सन बिनै आफूखुसी किनेर खाने गरेको पाइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.