|

बैतडी : जिल्लामा दुईजना मृत फेला परेका छन्।  जिल्लाकाे पाटन नगरपालिका ५ का  ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मंगलबार मृत भेट्टिएका छन्। चन्द  पाटन- मेलाैली सडकखण्डको पाटन नगरपालिका ५ कद्वारस्थित भीरबाट २०० मिटर तल मृत भेट्टिएका हुन्। 

साेमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिए। 

चन्दकाे भीरबाट लडेर मृत्युु भएकाे हुनसक्ने प्रहरीको अनुमान छ।  यस्तै भीरबाट लडेर पाटन नगरपालिका ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टकाे मृत्यु भएको छ।  
दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेकाे लिसान्गड भीरबाट लडेका थिए।  भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारकाे लागि धनगढी लैजादै गर्दा  बाटोमै मृत्युु भएकाे प्रहरीले जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.