|

भक्तपुर : देशमा बडादशैँको चटारो चलिरहेको छ। बडादशैँको आज दोस्रो दिन मान्छेहरू मान्यजनको हातबाट टीका थाप्न हिँड्नेको लर्को गाउँदेखि शहरसम्म देख्न सकिन्छ।

पारिलो घामले दशैँलाई थप रौनकता थपिदिएको छ। एकातिर दशैँको चटारो छ भने अर्को तर्फ किसानलाई धान भित्र्याउने चटारो पनि उस्तै छ। बुधबार भक्तपुरको योसिंखेलमा पुग्नुभयो भने खुल्ला डबलीमा किसानहरूले धान सुकाएको देख्न सकिन्छ। किसानहरूले उक्त डबलीमा पालैपालो धान सुकाउने गरेको सुनाउँछन्।

योसिंखेल टोलका करिब पचास घर परिवारले यहि डबलीमा बिस्कुन सुकाउने गरेको किसानहरूले सुनाए। यसवर्ष भक्तपुर जिल्लामा करिब ४ हजार ३ सय हेक्टर जग्गामा धान खेती गरिएको जिल्ला कृषि कार्यालयको तथ्यांक छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.