|

ललितपुर : जिल्लाका किसानलाई दशैँको बेलमा पनि धान भित्र्याउने चटारो छ।

ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानहरूलाई यतिबेला भ्याइनभ्याइ छ। ललितपुरको खोकनाका किसानहरू धान काट्न, बिटा लगाउन लागिपरेका छन्।

यसवर्ष पानी धेरै परेकाले गत वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ। समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा कमी आएको किसानको गुनासो छ। धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले वर्षेनी झेल्दै आएका छन्।

धानबाली भित्र्याउन काममा खटिएका खोकनाका किसान गणेश महर्जनले धान पाकिसकेकाले दशैँको बेलामा पनि दशैँ मनाउन छोडेर धान काट्न व्यस्त रहेको बताए ।

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउने जस्ता कारणले यस वर्षको उत्पादनमा कमी आएको बताए। खोकनासँगै अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.