|

काठमाडौं : दशैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरू जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ।

दशैँको बिदा सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन। शुक्रवार पनि सिंहदरबारमा मानिसहरूको आवतजावत निकै कम देखिएको छ।

हाल मन्त्रालयमा सिमित कर्मचारीहरूलाई मात्रै देख्न तथा भेट्न सकिन्छ। दैनिक हजारौँको संख्यामा मानिसहरू सिंहदरबार प्रवेश गर्ने भए पनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरू र सवारी साधनहरू देख्न सकिन्छ।

दशैँ सकिन अझै दुई दिन बाँकी रहेका कारणले पनि सिंहदरबार सुनुसान बनेको छ।

शनिबार पूर्णिमाका दिनबाट मात्रै दशैँको टीका विधिवत रुपमा सकिन्छ। आइतबारबाट भने नियमति काममा फर्किने कर्मचारीहरू बढ्ने अनुमान गर्न सकिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.