|

ललितपुर :  जावलाखेलस्थित खेल मैदानमा १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आजबाट सुरु भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा भएको प्रदर्शनी कृषि तथा पशुपंक्षी बिकास मन्त्री बेदुराम भुसालले उद्घाटन गरेका हुन्।

कुल ७२ वटा स्टल रहेको प्रदर्शनीमा फूलका स्टल, बोटबिरुवाका स्टल, बिउबिजन, मलखादलगायत विभिन्न कृषि औजार राखिएका छन्। उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमस ३० हजार, २० हजार र १० हजार नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एसोसिएसनले जनाएको छ।

यो बाहेक फूलको मात्र उत्कृष्ट स्टललाई नगद २० हजार र कट फ्लावरको उत्कृष्ट स्टललाई १० हजार प्रदाब गरिने छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.