|

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको नेतृत्वमा जाजरकोट लगायत भूकम्प प्रभावित क्षेत्रमा गएको हो।

स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम लगायत जिल्लामा सेवा दिने गरी खटाइएको छ।

उनका अनुसार ४ जनाले यसअघि नै जाजरकोटमा पुगेर घाइतेहरूको उपचार गर्न थालेका छन्। उनले भने, ‘हाम्रो अर्को ४ जनाको टोली आइतबार  पुग्नेछ।’ 

स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम लगायत जिल्लामा सेवा दिने गरी खटाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.