|

नेपालगञ्ज जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका ३८ जना बाँकेको विभिन्न अस्पतालमा उपचाररत छन्।
 

गएराति एम्बुलेन्सबाट थप छ  बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगञ्जमा ल्याइएसँगै बिरामीको सङ्ख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । तीमध्ये दुई जना जाजरकोट भेरी नगरपालिका हुन् भने चारजना सानोभेरी रुकुमका हुन्।

घाइतेहरूमध्ये ३७ जनाको भेरी अस्पतालमा उपचार भइरहेको र एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। यसअघि शनिबार एक बिरामीको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो।

भूकम्पमा गम्भीर घाइते भएका पाँच जनाको शल्यक्रिया सफल भएको प्रजिअ पोखरेलले बताए। उनका अनुसार सबै बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त छ। 

अस्पतालमा बिरामी जाजरकोटका २४, रुकुम पश्चिमका १३ र सल्यानका एक रहेका छन् । कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि भेरी अस्पताल बाँकेमा सार्ने तयारी भइरहेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.