|

रौतहट : समान्य विवादमा तीन जनाको समूहको चक्कु प्रहारबाट घाइते भएका रौतहटका एक जना युवाको निधन भएको छ। 

गत शनिवार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका वडा नं–६ का २० वर्षीय युवक राहुल साहको उपचारका क्रममा निधन भएको परिवारका एक सदस्यले बताए।

सामान्य विवादमा तीन जनाको समूहले साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट घाइते भएका साहको वीरगञ्जस्थित एलपी न्यूरो अस्पतालमा उपचार भइरहेको थियो। उनको आज बिहान उपचारका क्रममा निधन भएको अस्पताल प्रशासनले जनाएको छ।

चक्कु प्रहार गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चक्कु प्रहार गर्नेमध्ये अन्यको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.